Flood Relief Support.
Nepal Flood Relief Support 2026
राहत वितरण
यही मिति: २०८३ साल भाद्र १० गते (२६ अगस्त २०२६) का दिन बिहान लामटाङ हिमालय क्षेत्रबाट त्रिशूली नदीमा आएको भीषण बाढीपहिरोले सृजित विपत्तिबाट रसुवा, नुवाकोट र धादिङ जिल्लाहरूका नदी तटीया शहरवस्तीहरूमा व्यापक रूपमा जनधनको क्षति पुर्यायो। सो प्राकृतिक विपत्तिको घडीमा जिउज्यान जोगिएका घरबार विहीन पीडित जनहरूलाई तत्काल बाँच्नको लागि अत्यावश्यक राहत पुर्याउन यस एवेनेजर ट्रस्टले साथीभाई एवम् आफन्त मित्रजनहरूले गरेको सादर अनुरोधलाई हृदयंगम् गरी शुभेच्छुक जनहरूले उपलब्ध गराउनुभएका दानहरू संकलन गरी पिउनेपानी, भाँडावर्तन, ग्यास चूलो र चामल अनि तेल आदि राहत सामग्रीहरू जम्मा गरियो। ती सामग्रीहरू नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. ७ का वडाध्यक्षज्यूको अनुरोधमा यही भाद्र १९ गते (४ सेप्टेम्बर २०२६) का दिन लामासोती, खाल्टे गैरीगाउँ, महादेवफाँटको ५७ परिवार र त्यसैगरी धादिङ जिल्लाको घाटबेँसी क्षेत्रका ५ परिवार सहित ६२ परिवारहरूलाई वितरण गरियो।
त्यस लगत्तै धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं. ५ का वडाध्यक्षज्यूको अनुरोधमा पुनः असोज २ गते (१८ सेप्टेम्बर २०२६) का दिन ओड्ने कम्मल, चिनी, चियापत्ति, बालबालिकाका अध्ययन सामाग्री सहितका राहत सामग्रीहरू १२६ परिवारजनलाई उपलब्ध गराइयो।
